लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको तयारी पूरा

पाेखरा | चैत ९, २०८०

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको तयारी पूरा

पोखरा:   नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ ।


प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् ।


सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशन हुन लागेको उनको भनाइ थियो । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट जनजाती अन्र्तगत विभिन्न जातजातिको प्रतिनिधितित्व हुनेगरि ३ सय ७८ जना प्रतिनिधि सहभागी हुने उनले बताइन् । 


अधिवेशन सम्पन्न गर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवास तथा खाना व्यवस्थापन समितिमा जीतबहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ, शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ र मञ्च ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचारप्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेका छन् । 


अधिवेशनपूर्व पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक ¥याली निकालिने संयोजक काउचाले जानकारी दिइन् । ¥याली चिप्लेढुंगा न्युरोड हुँदै सभागृहमा पुगी उदघाटन समारोहमा परिणत हुनेछ । ¥यालीमा महासंघ अन्तर्गतका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि साथै पार्टीका विभिन्न जिम्मेवार तहमा रहकाहरुको सहभागिता रहने उनले बताइन् ।


महासंघले विभिन्न जिल्ला र नगर तथा गाउँपालिकामा तदर्थ समिति गठन गरि सम्बन्धित तहमा अधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशन हुन लागेको हो । अधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । 
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्